अपडेट 
२०८० चैत्र १८, आईतवार ०७:०७

जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष तथा उपप्रधानमन्त्री उपेन्द्र यादवले शोषित पीडित वर्गलाई अधिकार, प्रतिनिधित्व र सम्मानका लागि एकजुट हुनुको विकल्प नरहेको बताएका छन् ।

जनकपुरधाममा शनिबार पिछडावर्ग महासंघ नेपालले आयोजना गरेको दुई दिने प्रशिक्षण कार्यक्रमको समापन समारोहमा बोल्दै उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्यामन्त्री यादवले पिछ्डा बर्ग संख्यागत रुपमा बहुसंख्यक भए पनि संगठित हुन नसक्दा उचित अधिकार, प्रतिनिधित्व र सम्मान पाउन नसकेको उल्लेख गरे ।

जसपा नेपालका अध्यक्षसमेत रहेका मन्त्री यादवले वर्तमान युगमा संगठन नै शक्ति रहेको बताउँदै उनले पिछडावर्गहरुलाई संगठित भएर अघि बढ्न आग्रह गरे । पिछडावर्गमा शिक्षाको अभाव समेत देखिएको बताउँदै उपप्रधान तथा स्वास्थ्यमन्त्री यादवले आफ्ना सन्तानको शिक्षामा जोड दिन अपिल समेत गरे । पिछडावर्ग महासंघका अध्यक्ष भरत महतोको अध्यक्षतामा भएको सो प्रशिक्षणमा झापादेखि कञ्चनपुरसम्मका करिब एक सयजना प्रशिक्षार्थीहरुको सहभागिता रहेको थियो ।

Comment


Related News

Latest News

Trending News