अपडेट 
२०८० चैत्र १८, आईतवार ०९:५७

नेपाली राष्ट्रिय क्रिकेट टोलीले आइतबारदेखि भारतमा त्रिकोणात्मक टी–२० सिरिज खेल्दैछ । नेपालले गुजरातसँग दिउँसो २ बजेर ४५ मिनेटमा पहिलो खेल साई मेघपन स्पोर्ट्स ग्राउन्डमा खेल्नेछ ।

नेपालले विश्वकपको तयारी स्वरुप भारतको गुजरात र बरोडासँग खेल्न लागेको नेपाल क्रिकेट सङ्घ (क्यान) ले जनाएको छ ।

नेपालले प्रतिस्पर्धा गर्ने भारतका दुवै टोली राज्य स्तरका हुन् । आज पहिलो खेल गुजरातसँग खेल्न लागेको नेपालले दोस्रो खेल अप्रिल २ (चैत २०) मा बरोडासँग खेल्नेछ ।

तेस्रो खेल गुजरातसँग अप्रिल ३ (चैत २१ गते) तारिखमा खेल्नेछ । नेपालले अर्को खेलमा अप्रिल ५ (चैत २३ गते ) तारिखमा बरोडासँग प्रतिस्पर्धा गर्नेछ ।

लिग चरणमा एक अर्कासँग दुई खेल खेलपछि शीर्ष दुई टोलीबिच फाइनल भिडन्त हुनेछ ।

नेपालको भारत भ्रमणलाई आगामी जुन १ तारिखदेखि अमेरिका र वेस्ट इन्डिजमा आयोजना हुने टी-२० विश्वकपको तयारीका रुपमा लिइएको छ । विश्वकपमा नेपाल समूह ‘डी’ मा छ । विश्वकपमा नेपालको समूहमा दक्षिण अफ्रिका, श्रीलङ्का, बङ्गलादेश र नेदरल्यान्ड्स छन् ।

Comment


Related News

Latest News

Trending News