अपडेट 
२०८० चैत्र १८, आईतवार १३:३६

रौतहटको परोहा नगरपालिका–४ लौकाहास्थित हुलाकी सडकखण्डमा आइतबार भएको मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ । दुई वटा मोटरसाइकल ठक्कर खाई दुर्घटना भएको हो ।

लौकाहास्थित हुलाकी सडकखण्डमा बीआर जिरो ५ बिबि २८४० नम्बरको मोटरसाइकल र बीआर ३० यू ८७६७ नम्बरको मोटरसाइकल ठोक्किँदा बौधिमाई नगरपालीका–४ का २५ वर्षीय सुरेश पासवानको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गौरका डीएसपी एलिजा गिरीले जानकारी दिइन् । दुर्घटनामा परि बीआर जिरो ५ बीबी २८४० नम्बरको मोटरसाइकलका चालक पासवान गम्भीर घाइते भएका थिए । उनलाई थप उपचारका लागि वीरगन्ज पठाइएकोमा चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।

दुर्घटनामा बीआर ३० यू २७६७ नम्बरका मोटरसाइकल चालक परोहा नगरपालिका–२ जिंगडवाका २२ वर्षीय शेख तवसिम आलम घाइते भएका छन् । वीरगन्जस्थित हेल्थ केयरमा उपचार भइरहेको डीएसपी गिरीले जानकारी दिइन् ।

Comment


Related News

Latest News

Trending News