अपडेट 
२०८० चैत्र १८, आईतवार १७:१७

कोभिड महामारीमा स्वास्थ्य सामग्री खरीद गर्दा पौने ३ करोड बराबरको भ्रष्टाचार गरेको आरोपमा ६ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर भएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आइतबार स्वास्थ्य निर्देशनालय धनकुटाका तत्कालीन निर्देशक चन्द्रदेव मेहेतासहित वायोमेडिकल इञ्जिनियर कुशल दाहाल, लेखा अधिकृत डण्डरसिंह विश्वकर्मा, खोप अधिकृत उदेशकुमार श्रेष्ठ, हस्पिटेक इन्टरप्राइजेज काठमाडौंका सञ्चालक विशाल पण्डित र मनोजकुमार आचार्यविरुद्ध मुद्दा दायर गरेको हो ।

विशेष अदालतमा दायर गरिएको मुद्दामा विपक्षीहरुले कोभिडको समयमा स्वास्थ्य सामग्री खरीद गर्दा २ करोड ८९ लाख ६६ हजार ५० रुपैयाँ बराबरको अनियमितता गरेको आरोप लगाइएको छ ।

Comment


Related News

Latest News

Trending News