२०८० चैत्र १८, आईतवार १८:०४

त्रिकोणात्मक टी-२० सिरिज (फ्रेन्डसिप कप) अन्तर्गत आइतबार जारी खेलमा नेपालले गुजरातलाई ८ विकेटले पराजित गरेको छ। नेपालले ९९ रनको लक्ष्य १५.२ ओभरमा पूरा गरेको हो।

नेपालका लागि ब्याट्सम्यान अनिल शाहले सर्वाधिक ३२ रन बनाए। यस्तै कप्तान रोहित पौडेलले २६ बल खेल्दै ३१ रन जोडे। कुशल भुर्तेलले १५ बलमा १७ रन बनाए। यस्तै आशिफ शेखले १५ बल खेल्दै १६ रनको योगदान दिए।

टस हारेर पहिले ब्याटिङको निम्तो पाएको गुजरातले १८.२ ओभरमा अल आउट हुँदै ९८ रन बनाएको थियो।

नेपालका तर्फबाट अलराउण्डर गुलसन झाले ४ विकेटको महत्वपूर्ण पारी खेले। उनले ४ ओभर बलिङ गर्दै उमंग टण्डेल, स्मिथ पटेल, हेमांग पटेल र ऋषि पटेललाई आउट गरे।

यस्तै करन केसीले ३ विकेट लिए भने सोमपाल कामीले १ जनालाई पेभेलियन फर्काए। २ जना रन आउट भएका थिए।

गुजरातका लागि रुद्र पटेलले सर्वाधिक २३ रन बनाए। हेमांग पटेलले २०, अभिषेक देसाई ११ तथा स्मिथ पटेलले १० रनको योगदान गरे।

नेपालले दुई सातापछि ओमानमा हुने एसीसी प्रिमियर कपको तयारीस्वरुप यो सिरिज लेखेको हो। नेपालले दोस्रो खेल चैत २० मा बरोडासँग खेल्नेछ। चैत २१ गुजरातसँग खेल्नेछ। त्यस्तै सिरिजको अन्तिम खेल चैत २३ मा बरोडासँग खेल्नेछ। फाइनल चैत २५ हुनेछ। शीर्ष दुई टोलीले फाइनल खेल्नेछन्।

Comment

Related News

Latest News

Trending News