अपडेट 
२०८० चैत्र २०, मंगलवार ०७:११

होटल तथा पर्यटन व्यवसायी महासंघ मधेश प्रदेशको अध्यक्ष पदमा हिरालाल गौतम तेस्रो पटक सर्वसम्मत चयन भएका छन् ।

सोमबार जनकपुरमा सम्पन्न होटल तथा पर्यटन व्यवसायी महासंघको दोस्रो अधिवेशनबाट उनी सर्वसम्मतबाट अध्यक्ष पदमा चयन भएका छन् ।

धनुषाको लालगढ र महोत्तरीको बर्दिबासस्थित गौतम होटलका सञ्चालक समेत रहेका गौतम मधेश प्रदेशमा रहेका होटल तथा पर्यटन क्षेत्र पहिचान गरी प्रवद्र्धन गर्दै आएका छन् ।

महासंघको अन्य पदाधिकारीमा विष्णुकुमार साह वरिष्ठ उपाध्यक्ष, सुरेन्द्रकुमार भण्डारी उपाध्यक्ष, वैकुण्ठ सापकोटा महासचिव, दानबहादुर थापा कोषाध्यक्ष, तबरेज आलम सचिव, शिवराम राउत सहसचिव, गोविन्द गहतराज सहकोषाध्यक्ष र सदस्यमा रामचन्द्र साहलगायतका सदस्यहरू चयन भएका छन् ।

Comment


Related News

Latest News

Trending News