अपडेट 
२०८० चैत्र २०, मंगलवार १५:५०

बाराको निजगढ नगरपालिका–७ स्थित रोहित वर्कशपमा भएको विष्फोटको घटनामा तीन जनालाई जेल चलान गरिएको छ भने दुईजना धरौटी तिरेर तारेखमा रिहा भएका छन् । बारा जिल्ला अदालतका न्यायाधीश जगन्नाथ पौडेलको इजलासले यस्तो आदेश गरेका हुन ।

अज्ञात वस्तुु काट्ने क्रममा गत फागुुन १४ गते वर्कशपमा भएको विष्फोटको घटनामा बारा जिल्ला अदालतले तीनजना जेल चलान र दुईजना धरौटी बुझाएर तारिखमा रिहा गर्न आदेश दिएको हो ।

वर्कशप सञ्चालक रेशम मगरकी श्रीमती सीता जर्गामगरले ५ जनाविरुद्ध उक्त घटनासँग समबन्धि रहेको आरोपमा जाहेरी दिएकी थिइन् ।

सोही जाहेरीको आधारमा भारत मोतिहारी घर भई हाल निजगढ नपा–९ शहीद चोकमा व्यापार गर्ने ४० वर्षीय रमेश जयसवाल, टीकाराम पाख्रिन, वासुु तामाङ, सर्लाही जिल्ला ईश्वरपुुर नगरपालिका–७ घर भई हाल धारापानी धनुुषामा कबाडी सङ्कलन गर्दै आइरहेका पसल साहुु शिवशङ्कर साह र सोही ठाउँका अर्का कबाडी ब्यापारी बिलट महत्तोविरुद्ध कर्तव्य ज्यानसम्बन्धी कसूरमा मुद्दा दर्ता भएको थियो ।

रमेश जयसवाल भारतीय नागरिक भएकाले उनलाई पुर्पक्षका लागि कारागार चलान गर्ने र बाँकी चारजनालाई जनही एक/एक लाख धरौटी लिएर तारेखमा रिहा गर्न आदेश भएको हो । दुईजना धरौटीबापतको रकम बुझाएर तारेखमा रिहा भएपनि दुईजना धरौटी बुझाउन नसकेर कारागार चलान भएको बारा जिल्ला अदालतका श्रेस्तेदार लालबहादुुर कार्कीले जनाए ।

यो घटनामा वर्कशप सञ्चालक मगरसहित तीनजनाको ज्यान गएको थियो । घटनामा परी दाहिने हात र देब्रे खुुट्टा गुुमाएका भारतीय नागरिक १६ वर्षीय अरविन्द साहको नेशनल मेडिकल कलेजमा उपचार भइरहेको छ ।

Comment


Related News

Latest News

Trending News