अपडेट 
२०८० चैत्र २१, बुधबार ०६:५७

सत्ता गठबन्धन दलहरुबीच मधेश प्रदेशमा जनता समाजवादी पाटी(जसपा)ले सरकारको नेतृत्व गर्ने सहमति भइसकेपनि कामकाज अगाडी बढन सकेको छैन् ।

सत्ता गठबन्धन दलले मुख्यमन्त्रीको विषयमा निर्णय लिन ढिला भएको कारण अलमलमा रहेको प्रदेश सरकारका प्रमुख सचिव भने रमाना लिएर विदा भएका छन् ।

प्रदेशका मुख्यमन्त्री सरोज कुमार यादवले विश्वासको मत लिने तयारी गरिरहेको बेला मंगलवार प्रमुख सचिव दिनेश घिमिरेको विदाई गरिएको छ ।अर्का प्रदेश सचिवको टुंगो लागिसकेको छैन् ।

मधेश प्रदेशका मुख्यमन्त्रीले चौथो पटक विश्वासको मत लिने भएका छन् ।संघीय सत्ता गठबन्धनमा भएको परिवर्तनले मधेश प्रदेश सरकारमा कांग्रेसलाई हटाइसकिएको छ । नयाँ साझेदार एमालेबाट १ जना राज्यमन्त्री सहित ५ जना मन्त्री नियुक्त भइसकेका छन् । कांग्रेसले समर्थन फिर्ता लिएको कारण सरकारलाई विश्वासको मत लिनुपर्ने भएको छ ।

मुख्यमन्त्री यादवसित सम्मानजनक बहुमत संख्या रहेको छ ।विश्वासको मत दिन गठबन्धनका शीर्ष नेताहरुले निर्देशनपनि दिइसकेका छन् । सरकारले विश्वासको मत प्राप्त गर्नेमा कुनै संदेह रहेको छैन् ।तरपनि कर्मचारीहरु लयमा आइसकेका छैनन् ।

मधेश प्रदेशमा प्रमुख सचिव र सचिवहरुको कारण कामकाज समयमा अगाडी बढन नसकेको दुखेसो मुख्यमन्त्री र मन्त्रीहरुले गर्दै आएका छन् । प्रदेशको योजनाहरुको कार्य सम्पादन गर्ने महत्वपूर्ण समयमा प्रमुख सचिव नहुँदा सरकारलाई कतिपय महत्वपूर्ण निर्णय लिन समस्या आउने बताइन्छ ।कतिपय मन्त्रालयमा पनि सचिवको अभाव रहेको छ ।

Comment


Related News

Latest News

Trending News