अपडेट 
२०८० चैत्र २१, बुधबार ०७:०२

आरती साह मृत्यु प्रकरणमा छानबिनसहित कारबाही प्रक्रियामा ढिलासुस्ती भएको भन्दै पीडित परिवारजनले सरकारसंग भएको सहमतिअनुसार माग पूरा नभए पुनः आन्दोलन गर्ने चेतावनी दिएको छ ।

आरतीकी आमा निर्मलादेवी साह र उनका दाई प्रेम साहले एक विज्ञप्ति जारी गर्दै न्यायिक संघर्षमा भएको सहमतिअनुसार सरकारले इमान्दारीपूर्वक कारबाही प्रक्रिया अघि बढाउन आग्रह गरेका छन् । जारी गरिएको विज्ञप्तिमा भनिएको छ, ‘आरती साहको हत्यामा संलग्नलाई कारबाहीको माग गर्दै १० महिनादेखि परिवारका सदस्यहरूले संघर्ष गर्दै आइरहेका थिए । २९ फागुनमा गृह मन्त्रालय र पीडित परिवारबीच ५ बुँदे सहमति भएपछि संघर्षका कार्यक्रम स्थगित गरिएको थियो ।’ सम्झौतामा उच्चस्तरीय छानबिन गरी पुरक प्रतिवेदन तयार पार्ने उल्लेख पनि गरेको छ । छानबिन सुरू नहुँदै आरोपिलाई धरौटीमा छोड्ने निर्णयप्रति पीडित परिवारले आपत्ति जनाएको छ ।

गत जेठ ७ गते जनकपुरधाम उपमहानगरपालिका–९ स्थित ब्रह्मपुरी चोकमा रहेको घरमा आरती मृत अवस्थामा फेला परेकी थिइन् । धनुषा प्रहरीले घटना शंकास्पद रहेको भन्दै जनकपुरधामको काव्या अस्पतालबाट आरतीको शव नियन्त्रणमा लिएको थियो । भने माइतीपक्षले आरतीको हत्या भएको भन्दै पति र ससुरासमेतको विरुद्ध उजुरी दिएको थियो ।

Comment


Related News

Latest News

Trending News