अपडेट 
२०८० चैत्र २१, बुधबार ०७:१०

मधेश प्रदेश सरकारले ध्वनि प्रदूषण नियन्त्रणका लागि अग्रसरता देखाएको छ । प्रदेशमा हुने गरेको विभिन्न खालका कार्यक्रममा चर्को आवाजमा डिजेलगायतका साउण्ड सिस्टमले ध्वनि प्रदूषण भइ स्वास्थ्यमा प्रतिकूल असर परिरहेको जनगुनासोलाई दृष्टिगत गरी सरकारले अग्रसरता देखाएको छ ।

नकपुरधाममा मंगलबार प्रदेश सुरक्षा समन्वय समितिको बैठकले ध्वनि प्रदूषणले विभिन्न खालका समस्याहरु सृजना गर्ने गरेको ठहर गर्दै नियन्त्रणका लागि हरेक पक्षबाट समन्वय र सहयोगको अपेक्षा समेत गरेको छ । सो समितिका अध्यक्ष एवम् गृह,सञ्चार तथा कानुनमन्त्री राजकुमार लेखीले जनताको गुनासोलाई सम्बोधन गर्दै तत्काल ध्वनि प्रदूषण नियन्त्रण गर्नका लागि सुरक्षा निकायका प्रमुखहरुलाई बैठकमा निर्देशन दिएका छन् ।

बैठकमा जनताले गरेका गुनासाहरु सुनाँउदै मन्त्री लेखीले ध्वनी प्रदूषणका कारण हृदयका रोगीहरुलाई विभिन्न खालका समस्या हुनुको साथ साथै एसइईका परीक्षार्थीहरुलाई पठन पाठनमा समेत समस्या भइरहेकोले नियन्त्रणका लागि आवश्यक पहलका लागि मन्त्रालय मातहतका निकायहरुलाई निर्देशन दिए ।

सो बैठकबाट ध्वनि प्रदूषण रोक्नका लागि प्रदेशभरीका जिल्ला प्रशासन कार्यालय्, चारवटै सुरक्षा निकाय र प्रदेशभरीका स्थानीय तहलाई पत्र पठाउने निणर्यसहित पत्र पठाइएको गृह, सञ्चार तथा कानुनमन्त्री लेखीले जानकारी दिए । मन्त्रालयले गरेको निणर्यलाई अटेर गर्नेलाई कानुन अनुसारको कारबाही प्रक्रिया अगाडि बढाइने समेत बताइएको छ ।

Comment


Related News

Latest News

Trending News