अपडेट 
२०८० चैत्र २२, बिहीबार ०८:२८

धनुषाको एक पालिकाले दुई जना शिक्षकलाई एक वर्षदेखि तलब भत्ता नदिएको भन्दै तत्काल उपलब्ध गराउन माध्यमिक विद्यालय शिक्षक युनियन नेपाल धनुषाले माग गरेको छ ।

जिल्लाको मुखियापट्टी मुसहरनिया गाउँपालिका मातहतको वैधनाथ देवनारायण जनता नमुना मावि तुलसियाहीमा कार्यरत रहेका इन्द्रकुमार झा र अमरनाथ प्रसाद साहलाई राष्ट्रिय माध्यमिक विद्यालय लक्ष्मीपुरमा काज सरुवा गरिदिए पनि एक वर्षदेखि तलबभत्ता दिइएको छैन ।

शिक्षकद्वय झा र साहलाई अन्यत्रको विद्यालयमा काजसरुवा गरिए पनि एक वर्षदेखि तलबभत्ता उपलब्ध नगराएमा आन्दोलन गर्ने चेतावनी पालिकाका अध्यक्ष जयकुमार यादवलाई दिएको छ । सो पालिकाले शिक्षकद्वय झा र साहलाई आर्थिक वर्ष ०७९/०८० र चालु आर्थिक वर्ष ०८०÷०८१ को हालसम्मको समेत तलबभत्ता दिएको छैन ।

हिस्टुन धनुषाले पालिकाका अध्यक्ष जयकुमार यादवको लापरवाहीका कारण तलबभत्ता नदिएको अध्यक्ष डा. भोगेन्द्र अधिकारीले आरोप लगाएका छन् । उनले पालिकाका अध्यक्षका कारण शिक्षकद्वय झा र साहलाई तलबभत्ता खुवाउन आनाकानी गरिरहेको भन्दै तलबभत्ता तत्काल उपलब्ध नगराएमा आन्दोलन गर्ने बताए । सो गाउँपालिकाका अध्यक्षलाई पत्र लेख्दै हिस्टुन धनुषाका अध्यक्ष अधिकारी र सचिव राजेन्द्र प्रसाद यादवले शिक्षकले तलबभत्ता नपाएको विषय जानकारी गराइए पनि तलबभत्ता उपलब्ध नगराएमा चरणवद्ध आन्दोलन गर्ने जनाए । सो आन्दोलनबाट उत्पन्न हुने पस्थितिको जिम्मा सम्बन्धित निकायले लिनुपर्ने सो पत्रमा उल्लेख गरिएको छ ।

Comment


Related News

Latest News

Trending News