अपडेट 
२०८० चैत्र २३, शुक्रबार ०७:२१

वरिष्ठ शास्त्रीय गायक गुरुदेव कामत अस्वस्थ्य भएका छन् ।

नेपाल शास्त्रीय संगीत समाजले वरिष्ठ शास्त्रीय गायक कामतको दुवै मृगौलामा समस्या देखिएको जनाएको छ । अध्यक्ष धनबहादुर गोपाली र महासचिव गोकुल लेछर्बो लिम्बुद्वारा जारी गरिएको संयुक्त विज्ञप्तिमा वरिष्ठ शास्त्रीय गायक कामतको दुवै मृगौलामा समस्या देखिए पछि उनको स्वास्थ्य अवस्था नाजुक बन्दै गएको भन्दै आर्थिक सहयोगका लागि अपिल गरेका छन् । वरिष्ठ शास्त्रीय गायक कामत नेपाल–भारत क्षेत्रमा प्रख्यात छन् । सिरहाको पोखरभिन्डामा जन्मेका वरिष्ठ शास्त्रीय गायक कामत गायन तथा गुरुकुल संगीत पाठशाला संचालन गर्दै आएका छन् ।

Comment


Related News

Latest News

Trending News