अपडेट 
२०८० चैत्र २३, शुक्रबार १४:४०

पर्सामा अनुचित लेनदेन अर्थात् मिटरब्याजसम्बन्धी छ सय ६७ वटा मुद्दा टुङ्ग्याइएको छ ।

अझै एक हजार सात सय ३० वटा उजुरी सम्बोधन गर्न बाँकी छ । पर्सा प्रहरीका अनुसार मेलमिलापबाट चार करोड ५२ लाख ९५ हजार आठ सय रकमको बिगो टुङ्गो लागेको छ ।

पर्साका प्रमुख जिल्ला अधिकारी दिनेशसागर भुसालले अनुचित लेनदेनसम्बन्धी उजुरीलाई प्राथमिकताको साथ सम्बोधन गर्दै आएको बताउनुभयो । प्रमुख जिल्ला अधिकारी भुसालका अनुसार अनुचित लेनदेनसँग सम्बन्धित पाँच सय सात वटा उजुरी मेलमिलाप गरेर टुङ्गो लगाइएको र बाँकी एक हजार छ सय ५३ वटा उजुरी पर्सा प्रहरीलाई हस्तान्तरण गरिएको छ ।

अनुचित लेनदेनसँग सम्बन्धित चार वटा मुद्दा भने जिल्ला अदालत पर्सामा दर्ता भएका छन् । प्रहरीले साहुकरबाट अनुचित लेनदेन पीडितलाई एक बिघा १५ कट्ठा पाँच धुर ४५ कनवा जग्गा फिर्ता गराएको छ ।

Comment


Related News

Latest News

Trending News