अपडेट 
२०८० चैत्र २३, शुक्रबार १४:४८

मुख्यमन्त्री सरोज कुमार यादवले प्रदेश र स्थानीय तहको प्रभावकारी समन्वयले मात्र संघीयता सबल हुने बताउनु भएको छ ।

मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय मधेश प्रदेश र नेपाल कानून समाजको संयुक्त आयोजनमा आज जनकपुरधाममा सम्पन्न प्रदेश र स्थानीय सरकारको प्रभावकारी समन्वय र सहकार्यको वर्तमान अवस्था र भावि रणनीति विषयक अन्तरक्रिया कार्यक्रममा मुख्यमन्त्री यादवले सो कुरा बताउनु भएको हो ।

नेपालको संविधानले तीन तहको सरकारको परिकल्पना गरे पनि प्रदेश र स्थानीय तह बीचको समन्वयलाई व्याख्या नगरि संघीयतालाई नै कमजोर गर्ने काम गरेको भएपनि संघीयतालाई बलियो पार्न स्थानीय तह रप्रदेश सरकार बीच समन्वय गर्नुको विकल्प नरहेको बताउनु भयो ।
संघीयता मधेशलाई नै चाहिएको उल्लेख गर्नु हुँदै उहाँले स्थानीय तह र प्रदेश सरकारलाई एक जुट भएर अघि बढनु पर्ने बताउनु भयो । स्थानीय तहको परिषद बैठकमा समेत प्रदेशसभा सदस्यहरुलाई प्रतिनिधित्व गराउन आग्रह गर्दै मुख्यमन्त्री यादवले प्रदेशको प्रतिनिधित्व गराईए स्थानीय तहलाई फाइदै हुने बताउनु भयो ।

संघीयताले मधेशको गाँउ गाँउ सम्म विकासको अनुभूति गराएको दावी गर्दै मुख्यमन्त्री यादवले विगतका राजतन्त्र देखी प्रजातन्त्र सम्म मधेशले भोगेको हविगत सबै सामु छर्लङ्ग रहेको बताउनु भयो ।

कार्यक्रममा मधेश प्रदेशका मुख्यन्यायधिवक्ता विरेन्द्र कुमार ठाकुरले मधेश सरकारबाट निर्माण भएको कानून कार्यान्वयनको अवस्था र चुनौती तथा नेपाल कानून समाजका कार्यक्रम निर्देशक मोहन लाल आचार्यले प्रदेश र स्थानीय तहको समन्वयको अवस्था विषयक कार्यपत्र प्रस्तुत गर्नु भएको थियो ।

राष्ट्रिय सभा विधायन व्यवस्थापन समितिका पूर्व सभापति पर्शुराम मेघी गुरुङ्गको अध्यक्षतामा भएको उक्त कार्यक्रममा मधेश प्रदेशका सभामुख रामचन्द्र मण्डल, गृह मन्त्री राजकुमार लेखी सहितका वक्ताहरुले आ–आफनो धारणा राख्नु भएको थियो ।

कार्यक्रममा , मधेश सरकरका प्रतिनिधि, स्थानीय तहका प्रतिनिधि, मधेश प्रदेश सभाका सभासदहरु, गैर सरकारी संस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

Comment


Related News

Latest News

Trending News