![](https://ejanakpurtoday.com/wp-content/uploads/2024/04/newskarkahna-news673271-e1712309233621.webp)
रौतहटको दक्षिणी भेग ईशनाथ नगरपालिका ९ डुमरीया गाउँमा आज बिहान ग्यास लिक भएर एक घरमा आगलागी हुँदा लाखौँको धनमाल जलेर नष्ट भएको छ।
स्थानीय शेख इशहाक मिया धुनियाको खपराको घरमा आगलागी भएर लाखौँको क्षति भएको हो । खाना पकाउने क्रममा आज बिहान ८ बजेर ३० मिनेटमा ग्यास लिक भएर आगलागी भएको जिल्ला प्रहरी प्रवक्ता डिएस्पी एलिजा गिरीले बताएकी छन् ।
आगलागी बाट अन्नपात, गरगहना र लत्ताकपडा गरी छ लाख ५० हजार बराबरको सरसामान पूर्ण रूपमा जली नष्ट भएको प्रवक्ता गिरीले जानकारी दिएकी छन् । स्थानीय र प्रहरी चौकी औरैयाको टोली मिलेर गौर बाट गएको दमकलको सहयोगमा बिहान ९ बजेको समयमा आगलागी पूर्ण रूपमा नियन्त्रणमा आएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।