अपडेट 
२०८० चैत्र २४, शनिबार १६:५२

जनकपुरधाममा आज सम्पन्न भएको दोस्रो टि–२० जनकपुरधाम मेयर कप २०८० को उपाधि बाराले जितेको छ ।

जनकपुरधाम उपमहानगरपालिकाको आयोजना, क्यानको सहकार्य तथा जिल्ला क्रिकेट सङ्घको संयोजनमा जनकपुरधामको निर्माणाधीन रामजानकी बहुउद्देश्यीय अन्तर्राष्ट्रिय रङ्गशालामा भएको फाइनल खेलमा सुरुमा ब्याटिङ गर्दै बारा क्रिकेट छिमले निर्धारित ओभरको खेलमा १ सय ४ रन बनाएको थियो ।

१ सय ५ रनको लक्ष्यसहित खेल मैदानमा आएका धनुषा क्रिकेट टिमले सबै विकेट गुमाउँदै केवल ९५ रन मात्र बनाउन सक्यो ।

दोस्रो जनकपुरधाम मेयर कपको विजेता बनेको बारा क्रिकेट टिमले २ लाख ५१ हजार नगद, ट्रफि, मेडल तथा प्रमाणपत्र तथा उपविजेता धनुषा क्रिकेट टिमले १ लाख ५१ हजार नगद सहित ट्रफि, मेडल तथा प्रमाणपत्र प्राप्त गरे ।

यसै गरि प्रतियोगिता अवधिमा उत्कट व्याटिङ्ग, बलिङ गरेका बाराका अरनिको यादवले म्यान अफ दि सिरिज पाउँदै १५ हजार नगद सहित कप पाए छन् भने वेष्ट व्याट्स म्यान बाराकै अभिशेष तिवारी, वेष्ट बलरमा महोत्तरीका निखिल सिंह घोषित हुँदै नगदसहित कप पाउन सफल भए ।

आजको फाइनल खेलमा उत्कृष्ट खेल प्रदर्शन गरेका बारा क्रिकेट टिमका खेलाडी एवं कप्तान पवन सर्राफ म्यान अफ दि म्याच घोषित भएका छन् ।

विजेता टिमलाई संघीय सरकारका युवा तथा खेलकुद मन्त्री विराजभक्त श्रेष्ठले नगदसहित शिल्ड, पदक तथा प्रमाणपत्र वितरण गर्नुभयो ।

यसै गरि उपविजेता बनेका धनुषा क्रिकेट टिमलाई मधेश प्रदेशका खेलकुद तथा समाज कल्याण मन्त्री सुरिता साहले नगदसहित, शिल्ड, प्रमाणपत्र तथा पदक प्रदान गर्नुभयो ।

सो प्रतियोगितामा मधेश प्रदेशका ८ जिल्लाका जिल्ला स्तरका क्रिकेट टिमको सहभागिता रहेका थिए ।

Comment


Related News

Latest News

Trending News