अपडेट 
२०८० चैत्र २५, आईतवार ०८:००

सुकुम्बासी र कवाड व्यवसायीहरुको सुरक्षाको प्रत्याभूति नगराइए काडमाण्डु महानगरमा स्काभेटर चलाउने चेतावनी आम जनता पार्टी (आजपा)का अध्यक्ष समेत रहेका सांसद प्रभु साहले दिएका छन् ।

जनआन्दोलन दिवसको अवसरमा शनिबार भृकुटीमण्डपमा आयोजित बृहत्त जनप्रदर्शनसहितको खबरदारी सभामा बोल्दै आजपा अध्यक्ष साहले काठमाण्डु महानगरका मेयर बालेन साहलक्षित यस्तो चूनौती दिएका छन् । मेयर बालेन साहले काठमाण्डुमा लामो समयदेखि कवाड व्यवसाय गर्दै आएकाहरुलाई नदी छेउबाट हटाउन खोजेका छन् । उनले सुकुम्बासीको नाममा कवाड व्यवसायीहरुले कब्जा गरेको आरोप लगाउँदै नदी किनारालाई खाली गर्न धरपकड समेत गर्न थालेपछि सांसद साहले काठमाण्डुमा बृहत्त जनप्रदर्शन गरेका छन् ।

काठमाण्डुमा कवाड व्यवसाय गर्नेहरु अधिकांश रौतहट र सर्लाही जिल्लाका हुन् । उनीहरुको ठूलो कारोबार रहेको र हजारौँ मानिसले रोजगारी पाएका छन् । काठमाण्डु महानगरपालिकाको सरसफाईमा समेत कवाड व्यवसायीहरुको महत्वपूर्ण भूमिका रहेको छ ।

नेता साहले प्रधानमन्त्री पुष्पकमल दाहाल र गृहमन्त्री रवि लामिछानेलाई गरिखाने वर्गलाई सुरक्षा नदिइए आफूले त्यसको प्रतिकार गर्ने धम्की दिए । मुलुकमा पहिलो र दोस्रो जनआन्दोलन भैसकेको उल्लेख गर्दै उनले भने, आज तेस्रो जनआन्दोलनको उद्घोष हो । यो लुटकारी दलतन्त्रको खारेजीको लागि यो तेस्रो जनआन्दोलनको उद्घोष हो । नेपालको समृद्धिको लागि अहिलेको लुटकारी व्यवस्था अन्त्य गर्नुपर्नेमा उनले जोड दिए । ‘काठमाण्डुमा केही मान्छेले सूर्य पूर्वबाट उदाउँछ भन्ने थाहा हुँदाहुँदै पनि पश्चिमबाट उदाउँछ भनेर जिद्दी गरिरहेका छन्’ उनले भने, कवाडीहरुले फोहोर सफा गरेको अवस्थामा उल्टै फोहोर गरेको भनेर विस्थापित गर्न खोजिनु दुर्भाग्य हो ।’ अध्यक्ष साहले आफ्नो लामो भाषणको अधिकांश समय मेयर बालेन साहविरुद्ध खर्चेका थिए । विरोध सभाका अधिकांश सहभागी कवाड व्यवसायसित आवद्ध थिए ।

Comment


Related News

Latest News

Trending News