अपडेट 
२०८० चैत्र २५, आईतवार ०८:२३

होटल तथा पर्यटन व्यवसायी संघ वीरगञ्जका अध्यक्ष हरि पन्त राष्ट्रिय स्वतन्त्र पार्टीको मधेश प्रदेश सदस्यमा विजयी भएका छन् ।

मधेश प्रदेश कमिटीमा रिक्त रहेको सो दुई सदस्य पदको लागि पार्टी भित्र आन्तरिक चुनाव भएको थियो । आन्तरिक चुनावबाट पन्त मतभार १७ मत प्राप्त गरी विजयी भएका छन् । भने अर्का सदस्यमा सुदिश प्रजापति विजयी भएका छन् ।

प्रजापतिले १० मतभार प्राप्त गरी विजयी भएका छन् । कुल २८ मतभार मतदाता रहेकोमा ३ जना अनुपस्थित रहेका थिए । २५ जना मतदाताले निर्वाचनमा मतदान गरेका थिए । पर्साको चारै ओटा निर्वाचन क्षेत्रको निर्वाचित क्षेत्रीय, जिल्लामा गठन भएका पालिका पदाधिकारीहरु र पर्साबाट निर्वाचित प्रदेश प्रतिनिधिहरु मतदाता रहेका थिए ।

निकटतम् प्रतिद्वन्द्वी दीपराज पटेलले ९ मत प्राप्त गरे भने मुर्ली जलानले ६ मत, रामसुन्दर आर्यले ४ मत अर्का २ उम्मेदवारहरुले १/१ मत प्राप्त गरेका थिए । प्रदेश सदस्यको लागि भएको आन्तरिक चुनावमा सुरुमा १४ जना उम्मेदवारले उम्मेदवारी दर्ता गराएका थिए ।

Comment


Related News

Latest News

Trending News