अपडेट 
२०८० चैत्र २५, आईतवार १६:३४

गुजारा नगरपालिकाका एक बालकको ट्याक्टरको ठक्करबाट मृत्यु भएको छ ।

पालिकाको वडा नम्बर ४ मुस्लिम टोलमा मामाघर बस्दै आएका १३ वर्षीय शेख हसमुल्लाले चलाएको साइकललाई ना ७ त ७५७ नम्बरको ट्याक्टरले ठक्कर दिँदा मृत्यु भएको हो ।

धनसारबाट जंगलसैयातर्फ आउने क्रममा आइतबार बिहान भएको उक्त घटनाले बालक हसमुल्ला गम्भीर भएपछि उपचारको लागि चन्द्रनिगाहपुर लैजाने क्रममा बाटो मै मृत्यु भएको सशस्त्र बेस क्याम्प सन्तपुरका प्रमुख प्रहरी नायव उपरीक्षक केशव ओलियाले जानकारी दिनुभयो ।

उहाँका अनुसार मृतक बालकका आफन्त र स्थानीयले शवलाई घटनास्थलमा ल्याई अवरुद्ध बनाएका जंगलसैया धनसार सडक अहिले सुचारु छ । ट्याक्टर चालक गुजरा ९ अम्तवाका मुर्जामुल मिया मन्सुरीलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

Comment


Related News

Latest News

Trending News