अपडेट 
२०८० चैत्र २६, सोमबार ०६:५५

पीडितद्वारा उच्च अदालत जनकपुरले गरेको कर्तव्यज्यान मुद्दाको फैसलाविरुद्ध अदालत अगाडि प्रदर्शन गरेका छन् ।

धनुषाको सबैला नगरपालिकास्थित मदन आश्रित निम्न माध्यमिक विद्यालयको व्यवस्थापन समिति गठनको क्रममा २०७१ साल चैत ८ गते भएको घटनामा उच्च अदालत जनकपुरले प्रतिवादीहरुलाई सफाइ दिएपछि पीडित पक्षले असन्तुष्टि जनाउँदै आइतबार अदालत अगाडि प्रदर्शन गरेका छन् ।

धनुषा जिल्ला अदालतबाट जन्मकैदको सजाय पाएका ३ जना र १ वर्षको कैद सजाय पाएका र बाँकी प्रतिवादीहरुलाई अदालतले सफाइ दिएपछि पीडित पक्षले फैसलाप्रति असन्तुष्टि पोख्दै फैसलाविरुद्ध प्रदर्शन गरेका छन् । उच्च अदालत जनकपुर इजलाश नम्बर ४ का न्यायाधीश किरणकुमार पोखरेल र ओमप्रसाद अर्यालले संयुक्तरुपमा फैसला गरेको थियो ।

जिल्ला अदालतले गरेको फैसलालाई उल्ट्याएर उच्च अदालतले गरेको फैसलाले हामीलाई झनै पीडित बनाएकाले आफूहरुले न्याय पाउनुपर्ने माग गर्दै प्रदर्शन गरेको पीडित सञ्जीव राउत गडेरीले बताए । यसअघि घटनामा मारिएका रामसेवक

नारावाजी गरेको आरोपमा राउत र सोही घटनामा घाइते भएका साहलाई तत्कालै पक्राउ गरी अदालतले अवहेलना मुद्दामा तीन /तीन हजार रुपैयाँ धरौटी लिइ पेसी तोकी छाडेको थियो ।

गत चैत २२ गते जिल्ला अदालत धनुषाबाट जन्मकैदको सजाय पाएका महेन्द्र यादव, महेश यादव र रासविहारी भन्ने लालविहारी यादव सहितलाई कैद सजाय दिएको थियो । सबैला नगरपालिका १ स्थित मदन आश्रित निम्न माध्यमिक विद्यालय व्यवस्थापन समिति गठन विवादमा २०७१ साल चैत ८ गते राति घेरा हाली प्रतिवादीहरुले स्थानीय रामसेवक राउत गडेरी र रामप्रकाश यादवको हत्या गरेको आरोप छ ।

Comment


Related News

Latest News

Trending News