अपडेट 
२०८० चैत्र २६, सोमबार ०७:०९

जनकपुरधाम उपमहानगरपालिकाको विभिन्न वडाका दश जना अपांग व्यक्तिलाई उपमहानगरपालिकाले आवश्यक सामग्री हस्तान्तरण गरेको छ ।

जनकपुरधाममा आइतबार अस्ट्रेलियन एड र सिविएम ग्लोबलको आर्थिक सहयोगमा लाइफ नेपालको समन्वयमा एक कार्यक्रम बीच जनकपुरधाम उपमहानगरका नगर प्रमुख साहले सामग्री हस्तान्तरण गरेका छन् ।

सो क्रममा पाँच थान ह्वीलचेयर, तीन थान ट्राइसाइकल, दुई थान वाकर र एक थान बैशाखी हस्तान्तरण गरिएको थियो । नगर प्रमुख साहले जनकपुरधाम उपमहानगरपालिकाले पनि अपांगता भएकालाई प्राथमिकतामै राखेर कामकाज गर्ने बताए ।

कार्यक्रममा लाइफ नेपालका कार्यकारी निर्देशक सुरैत ठाकुरले अपांगता भएका व्यक्तिलाई जिवन जिउन सहजताका लागि सामग्री हस्तान्तरण गरिएको बताउँदै उनीहरुलाई आत्मनिर्भर बनाउन पनि संस्थाले विभिन्न खालको सहयोग गर्नेगरेको बताए ।

कार्यक्रममा राष्ट्रिय अपांग महासंघ मधेश प्रदेशका अध्यक्ष किरण पासमानले जनकपुरधाम उपमहानगरपालिकाको कामलाई अपांगमैत्री बनाउन नगर प्रमुख साहलाई आग्रह गरे ।

Comment


Related News

Latest News

Trending News