अपडेट 
२०८० चैत्र २६, सोमबार १७:२९

राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति क्रान्तिले आफुहरुको शान्तिपूर्ण मागहरुलाई राज्यले वेवास्ता गरि धरपकड गर्ने काम गरेको भन्दै आक्रोश व्यक्त गरेको छ ।

सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै राष्ट्रिय मुक्ति क्रान्तिले एकल राष्ट्रिय सत्ताको विरुद्ध बहुलराष्ट्रिय राज्य निर्माण गर्नका लागि शान्तिपूर्ण आन्दोलन गर्दा राज्यले हस्तक्षेप गरि धरपकड गर्ने काम गरेको भन्दै आक्रोश व्यक्त गरेको हो । शान्तिपूर्ण आन्दोलनका क्रममा आफ्ना १२ जनालाई पक्राउ गरेको र ४४ जनालाई घाइते भएको राष्ट्रिय मुक्ति क्रान्तिका संयोजक राजेन्द्र महतोले दावी गर्नुभयो । आफुहरुको प्रदर्शनमा राज्यले हस्तक्षेप गरेर लोकतन्त्रमा शान्तिपूर्ण सभा सम्मेलन गर्न पाउने अधिकारको उलंघनका मात्रै नभई राज्यको वर्वरता भएको उहाले बताउनुभयो । महतोले सरकारको कदमले लोकतान्त्रिक गणतन्त्रको नाममा रहेको गोर्खाली एकल राष्ट्रिय सत्ता उदाङ्गो बनेको टिप्पणी गर्नुभयो ।

उहाले नेपाललाई एकल राष्ट्रिय राज्यबाट बहुलराष्ट्रिय राज्य स्थापनार्थ संघर्षरत रहेको भन्दै पक्राउ परेकाहरुलाई तुरुन्त रिहाइ तथा घाइतेको यथासिघ्र उपचार व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो । शान्तिपूर्ण मागलाई वेवास्ता गरे थप शसक्त आन्दोलनको कार्यक्रम गर्ने उहाले चेतावनी दिनुभयो ।

Comment


Related News

Latest News

Trending News