अपडेट 
२०८० चैत्र २७, मंगलवार ०७:०९

मुस्लिम समुदायले जनकपुरधाममा रमजान मनाएको छ । जनकपुरधाममा सोमबार इफ्तार कार्यक्रम गरी सामूहिक रुपमा रमजान पर्व सम्पन्न गरेको छ । सो कार्यक्रममा मधेश प्रदेशका सभामुख रामचन्द्र मण्डलले मुस्लिम समुदायको पवित्र महिनाको रुपमा रहेको रमजानले आपसी भाईचारा तथा सामाजिक सद्भाव वृद्धि गर्ने गरेको बताए ।

सामाजमा सदियौं देखि हिन्दु–मुस्लिम समुदाय एक्कै ठाउँमा बस्दै आएको बताउँदै आगामी दिनमा पनि मुलुकमा शान्ति, समृद्धि र सामुदायिक सद् भाव कायम गर्नका लागि यस्ता प्रकारको महिनाले सबैमा प्रेरणा दिने उनले बताए । उनले आत्मशुद्धि, पवित्रता तथा त्याग र समर्पण भावले गरिने दिनभरको रोजाले मानवलाई शीतलता प्रदान गरेर शान्ति तथा समृद्धिको मार्गमा अघि बढ्ने बताए ।

मधेश प्रदेशका खेलकूद तथा समाज कल्याणमन्त्री सुरिता कुमारी साहले रमजान पर्वले सामाजिक सद्भाव, अपसमा भाईचाराको सम्बन्धलाई प्रगाढ बनाउने बताइन् ।

मधेश प्रदेशका उद्योग, वाणिज्य तथा पर्यटन राज्यमन्त्री रहवर अन्सारीले मधेश प्रदेशमा देशकै सवै भन्दा बढी मुस्लिम समुदाय बसोवास गर्ने ठाउँ भएकाले मुस्लिम आयोगले समुहिक रोजा खोल्ने कार्यक्रम गरेर निक्कै सराहनी काम रहेको बताए ।

मुस्लिम आयोगका अध्यक्ष समिम मिया अन्सारीले जानकी मन्दिरको पछाडीमा रहेको मस्जिदमाथि केही व्यक्तिले तोड् नुपर्ने आवाज उठाउँदै आएको सन्दर्भलाई कोट्याउँदै यस्ता उच्छृंगखल गतिबिधि गर्ने धम्की दिन आग्रह गरे । जानकी मन्दिर पछाडीको मस्जिद कसैले तोडेमा जनकपुरधाममा धार्मिक, सौहार्दता तथा भाइचाराको सम्बन्धमासमेत खलल पुग्ने उनले बताए ।

Comment


Related News

Latest News

Trending News