अपडेट 
२०८० चैत्र २७, मंगलवार ०७:२०

जानकी आँखा अस्पताललाई भ्रष्टाचारीहरुको अखाडा बनाइएको भन्दै जानकी आँखा अस्पताल सुधार संघर्ष समितिले विभिन्न माग राख्दै ज्ञापन पत्र बुझाएको छ । यस भेगकै सेवाग्राहीलाई सुविधा प्रदान गर्दै आएको आँखा अस्पताललाई गोजीको संस्था बनाएर अस्पताललाई नै बर्बाद पार्ने खेल भईरहेकाले सुधारको माग गर्दै आफूहरुले ज्ञापन पत्र बुझाएको संघर्ष समितिका संयोजक श्यामसुन्दर झाले बताए ।

मौखिक रुपमा अस्पतालमा व्याप्त विभिन्न समस्या सामाधानका लागि अस्पताल व्यवस्थापन समितिसंग महिनौ देखि माग गरिरहँदा समेत अटेर गरेकाले लिखित रुपमै जानकारी गराउने गरी ज्ञापन पत्र बुझाएको उनले बताए ।

संघर्ष समितिले बुझाएको ज्ञापन पत्रमा विभिन्न १४ बुँदे माग अगाडी सारिएको छ । २०७५ संसोधित विधान २०७७ अनुसार ९ सदस्यीय व्यवस्थापन समिति गठन हुनुपर्ने, जानकी आँखा अस्पताल हाल सम्म नेपाल सरकारको कुनै पनि निकायमा दर्ता नभएकाले संस्था अविलम्ब दर्ता हुनुपर्ने, रिक्त स्थानको पद पूर्ति गर्दा खुल्ला विज्ञापन द्वारा हुनुपर्ने, अस्पतालको उपयोगका लागि खरिद गर्नुपर्ने औषधी, चश्मा तथा अन्य सामाग्री खरिद गर्दा खुल्ला प्रक्रिया द्वारा व्यवस्थित गर्नुपर्ने, अस्पताल आउने विरामी स्वतन्त्र रुपमा औषधी तथा चश्मा खरिद गर्न पाउनु पर्ने, तत्कालिन सभापति विनोद शर्माको कार्यकाल र सघर्ष समिति तथा अस्पताल समिति पदाधिकारी बीच भएको सहमति अनुसार अस्पतालसंग प्रत्यक्ष सरोकार राख्ने व्यक्ति मध्ये दुईजनालाई संदस्यको रुपमा राख्ने निर्णय अनुसार कार्यन्वयन हुनुपर्ने लगायतका मागहरु ज्ञापन पत्रमा उल्लेख रहेको छ ।

Comment


Related News

Latest News

Trending News