अपडेट 
२०८० चैत्र २८, बुधबार ०६:३३

जनकपुरधाममा दिनदहाडै छुरा प्रहार गरी हत्या गरेको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरी सार्वजनिक गरेको छ ।

जनकपुरधामस्थित विश्वकर्मा चोकमा छुरा प्रहार गरी २० वर्षीय प्रीन्स महासेठलाई हत्या गरेको अभियोगमा धनुषा प्रहरीले अजयकुमार साहलाई पक्राउ गरेको छ । धनुषाको सीमावर्ती क्षेत्र अवस्थित जटही नाकामा दुवैजनाको झगडा हुँदाको रिसीबीका कारण साहले महासेठलाई छुरा प्रहार गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालय धुनषाले जनाएको छ । पक्राउ परेका साहलाई प्रहरीले कर्तव्यज्यान मुद्दा अन्तर्गत अनुसन्धान गरिरहेको जनाइएको छ ।

Comment


Related News

Latest News

Trending News