
जनकपुरधाममा मधेश प्रदेशस्तरीय सुरक्षा गोष्ठी सुरु भएको छ ।
गृहमन्त्री लामिछाने र मुख्यमन्त्री सरोज कुमार यादवले गोष्ठीको उद्घाटन गरेका छन् । गोष्ठीमा मधेशका गृह, सञ्चार तथा कानून मन्त्री राजकुमार लेखी, प्रदेश प्रहरी कार्यालय र आठै जिल्लाका सुरक्षा अधिकारीहरु सहभागी छन् ।
गोष्ठीमा प्रदेशको सुरक्षा चुनौती, सुरक्षा तथा विपद् व्यबस्थापन, सेवा प्रवाह र शान्ति सुरक्षा कायम राख्न अपनाइने रणनीति विषयमा छलफल हुने मधेश प्रदेश गृह मन्त्रालय सचिव विरेन्द्र कुमार यादवले जानकारी दिए ।