२०८० चैत्र २८, बुधबार १३:०८

वैशाख १५ गते उपनिर्वाचनका लागि आजदेखि निर्वाचन आचारसंहिता लागु भएको छ।

निर्वाचन आयोगले मंगलबार सूचना प्रकाशन गरी आज (बुधबार)देखि उपनिर्वाचनको आचारसंहिता लागु हुने जानकारी दिएको छ।

वैशाख १५ मा प्रतिनिधि सभातर्फ इलाम २ र प्रदेशसभातर्फ बझाङ १(१) मा उपनिर्वाचन हुँदैछ।

त्यसका लागि मंगलबार नै आयोगले उम्मेदवारको अन्तिम नामावली सार्वजनिक गरी चुनाव चिह्न दिइसकेको छ।

आयोगका अनुसार इलाममा विभिन्न दल र स्वतन्त्र गरी १९ र बझाङमा ११ जना उम्मेदवार छन्।

बुधबारदेखि लागू हुने आचारसंहिता नेपाल सरकार र सरकारका मन्त्रीहरू, प्रदेश सरकार र मन्त्रीहरू, संवैधानिक निकाय र त्यसका पदाधिकारी, स्थानीय कार्यपालिका र सोका सदस्यहरू, संघ, प्रदेश र स्थानीय तहका कर्मचारी, सुरक्षा निकाय, सुरक्षाकर्मी तथा कर्मचारीहरूमा लागु हुने आयोगले जनाएको छ।

त्यस्तै राजनीतिक दल तथा दलका भ्रातृ संगठन, उम्मेदवार तथा त्यससँग सम्बन्धित व्यक्ति, दल तथा उम्मेदवारको मतदान प्रतिनिधि तथा मतगणना प्रतिनिधि, सार्वजनिक पद धारण गरेका व्यक्ति, अनुगमन समितिका पदाधिकारी तथा अनुगमनकर्ता, पर्यवेक्षण संस्था तथा पर्यवेक्षक, सञ्चार प्रतिष्ठान, सोका कर्मचारी तथा सञ्चारकर्मी लगायतलाई पनि आचारंसहिता लागु हुनेछ।

ec-press-release-1712721066.jpg

Comment

Related News

Latest News

Trending News