अपडेट 
२०८० चैत्र २९, बिहीबार १०:३६

नेशनल मेडिकल कलेज प्रकरणमा एकाएक टुइस्ट आएको छ । बुधबार दिनमा जिल्ला अदालतबाट अनुसन्धानको लागी ५ दिनको म्याद लिएको पर्सा प्रहरीले प्रबन्ध निर्देशक साहनवाज अंसारीलाई राति रिहा गरेको छ ।

सोमबार पक्राउ परेका प्रबन्ध निर्देशक९एमडी० अन्सारी र ल्याब प्रमुख डाक्टर सन्जय साहलाई हाजिरी जमानीमा रिहा गरिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

बुधबार राति दुवै जनालाई हाजिरी जमानीमा रिहा गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक कुमार विक्रम थापाले बताउनु भयो । सरकारी वकिलको सहमतिमा दुवैलाई हाजिरी जमानीमा बुधबार राति आफन्तको जिम्मा लगाइएको प्रहरी नायब उपरीक्षक थापाको भनाइ थियो ।

वीरगन्ज महानगरको अनुगमन समितिले गत सोमबार अनुगमन गर्ने क्रममा नेशनल मेडिकल कलेजबाट म्याद सकिएको केमिकल तथा औषधी बरामद गरेपछि जिल्ला प्रहरी कार्यालय पर्सामा प्रमुख कुमोध ढुंगेल आफै पुगेर मेडिकल कलेजका प्रबन्ध निर्देशक अन्सारी र ल्याब प्रमुख डाक्टर साहलाई पक्राउ गरेका थिए ।

सोमबार मेडिकल कलेजबाटै नियन्त्रणमा लिएको प्रहरीले अन्सारी र साहविरुद्ध कालोबजारी तथा केही अन्य सामाजिक अपराधविरुद्ध मुद्दा अन्तर्गत अनुसन्धान प्रक्रिया अगाडि बढाएको थियो । उपभोक्ता हित मञ्चका सचिव सुनिल श्रेष्ठले दिएको उजुरीका आधारमा प्रहरीले कालोबजारी तथा केहीअन्यसामाजिक अपराधविरुद्ध मुद्दा अन्तर्गत अनुसन्धान प्रक्रिया अगाडि बढाएको थियो ।

नेपाल चिकित्सक संघले एक विज्ञप्ति जारी गर्दै अन्सारी र साहलाई रिहा नगरिए आन्दोलन गर्ने चेतावनी दिएको थियो भने मंगलबार नै मेडिकल कलेजका स्वास्थ्यकर्मी र स्वास्थ्यकर्मीहरुले दुवै जनाको रिहाइको माग गर्दै जिल्ला प्रहरी कार्यालय अगाडि प्रदर्शन समेत गरेका थिए ।

Comment


Related News

Latest News

Trending News