अपडेट 
२०८० चैत्र २९, बिहीबार ११:५८

नेपाली बजारमा बिहीबार सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा २०० सय रुपैयाँले घटेको हो ।

महासंघका अनुसार आज छापावाल सुन १ लाख ३६ हजार ६०० र तेजाबी सुन १ लाख ३५ हजार ९५० रुपैयाँमा कारोबार भइरहेको छ ।

अघिल्लो दिन बुधबार छापावाल सुन १ लाख ३६ हजार ८०० र तेजाबी सुन १ लाख ३६ हजार १५० रुपैयाँमा कारोबार भएको थियो ।

यता, आज चाँदीको मूल्य भने स्थिर रहेको छ । महासंघका अनुसार आज चाँदीको मूल्य प्रतितोला १७ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

चाँदी हिजो पनि सोही मूल्यमा कारोबार भएको थियो ।

Comment


Related News

Latest News

Trending News