अपडेट 
२०८० चैत्र ३०, शुक्रबार ०७:१४

उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेले गृहप्रशासन नीति नियमबाट चल्ने बताएका छन् ।

‘विगतमा नेता, दल तथा माफियाहरुको फेबरमा देश चलेको थियो’ उनले भने, अब गृहमा आमुल परिवर्तन भएको अनुभूति आमनागरिकले गर्ने छन् । वीरगञ्जमा गृह र अर्थ मन्त्रालयद्वारा संयुक्तरुपमा आयोजित राजस्व अभिवृद्धि तथा चुहावट नियन्त्रण सम्बन्धी गोष्ठीलाई सम्बोधन गर्दै मन्त्री लामिछानेले तस्करी र अवैध धन्धा गर्नेले अब उन्मुक्ति पाउने छैन । ‘उद्योगी व्यवसायीहरुले एउटा सामग्रीको बिल राखेर अर्को सामान पठाउनेलाई अब कुनै हालतमा छुट हुने छैन’ उनले भने, पहँुच र चिनजानको भरमा गलत व्यापार गर्नेहरुको दिन अब गयो । गलत व्यापार गर्नेलाई कडा कारबाही र राम्रो काम गर्ने उद्योगी व्यवसायीहरुको साथमा गृह प्रशासन रहेकोले सोर्सफोर्समा नलाग्न गृहमन्त्रीले कर्मचारीहरुलाई निर्देशन दिए ।

अहिले बिल बिजकमा देखिएको समस्यालाई पूर्णरुपमा नियन्त्रण गर्ने गरी कदम चाल्ने उनले बताए । व्यापारको नाममा बिल नबनाउने, गलत बिल बनाउने, एउटा बिलमा अर्को सामग्री हाल्नेलाई नियन्त्रणमा लिने र कडा कारबाही गर्न उनले निर्देशन दिए ।

मन्त्री लामिछानेले देशमा अहिले राजस्व संकलनमा देखिएको चुनौतीहरुलाई सामना गर्न नियमित नीतिगत रुपमा सरकारले चाल्नुपर्ने कदमको सन्दर्भमा सघन छलफल गरिरहेको बताए । राजस्व चुहावटलाई नियन्त्रण गर्न गृहमन्त्रीले गृह तथा अर्थमन्त्रालय अन्तर्गतका सुरक्षा अधिकारी र कर्मचारीलाई निर्देशन दिँदै सुरक्षा निकाय र भन्सारका कर्मचारीसँग सेटिङमा सीमानाका र भन्सारबाट राजस्व चुहावट हुने गरेको गुनासो आएकोले आफ्नो ध्यानाकर्षण भएको उनले बताए ।

राजस्व चुहावट हुने कार्यमा संलग्न रहेको पाइएमा कुनै पनि बेला अधिकारीको सरुवा र कारबाही हुने उनले चेतावनी दिए । राजस्व अभिवृद्धि तथा चुहावट नियन्त्रण सम्बन्धी गोष्ठी कार्यक्रममा सञ्चारकर्मीहरुले राखेको जिज्ञासामा गृहमन्त्री लामिछानेले एक जना तान्ने भए अहिले नै तान्न सकिने बताउँदै नीति, नियम बनाएर नै धेरै दिनसम्म बसेका सबै प्रहरीहरुको सरुवा गरिने बताए ।

बारा र पर्साका सीमानाकाबाट व्यापक रुपमा हुने तस्करी नियन्त्रण तथा राजस्व चुहावटलाई रोक्नका लागि उनले सुरक्षा निकायलाई निर्देशन दिएका छन् । राजस्वको लक्ष्य भेटाउनका लागि सक्रिय रुपमा लाग्न आग्रह गर्दै उनले भने, ‘अवैध रुपमा हुने चोरी, पैठारी तथा तस्करीको नियन्त्रणमा कुनै कसर बाँकी राखिने छैन ।’

 

Comment


Related News

Latest News

Trending News