अपडेट 
२०८१ बैशाख १, शनिबार ०५:२२

गुनासो गर्न गएका स्थानीयलाई वडाअध्यक्षले रुखमा बाँधेर कुटेको घटना सार्वजनिक भएको छ ।

गुनासो गर्न गएका सेवाग्राहीलाई जगरनाथपुर गाउँपालिका वडा नम्बर २ लक्ष्मीपुरमा वडाअध्यक्ष नेपाली प्रसाद कुशवाहाले कुटपिट गरेको पीडितले जनाएको छ । स्थानीय अमिर मियाँ गद्दीलाई वडाअध्यक्षले कुटपिट गरेको पिडितको भनाइ छ । वडाको सडक विस्तारको क्रममा घरको केही भाग भत्काइएको बारे गुनासो गर्न वडाअध्यक्षको घरमा शुक्रबार बिहान गद्दीजाँदा उनलाई वडाअध्यक्ष कुशवाहाले रुखमा बाँधेको बताइएको छ ।

अन्य वडावासीको घर नभत्काइ आफ्नो घरमात्र किन भत्काइएको भन्दै गद्दीले प्रतिवाद गर्दा वडाअध्यक्ष कुशवाहालगायतकाले रुखमा बाँधी आफूलाई कुटपिट गरेको पीडित पक्षको भनाइ छ । वडाअध्यक्ष कुशवाहालाई गद्दीले गाली गलौज गर्दै कठालो समातेपछि कुशवाहाका परिवारजन तथा छिमेकीहरुले पीडित गद्दीलाई नियन्त्रणमा लिएर रुखमा बाँधेपछि इलाका प्रहरी कार्यालय जानकी टोलको जिम्मा लगाएको वडाअध्यक्ष पक्षको प्रतिक्रिया दिएका छन् ।

Comment


Related News

Latest News

Trending News