अपडेट 
२०८१ बैशाख १, शनिबार १७:१४

रौतहटको सदरमुकाम गौरबाट स्रोत नखुलेको ११ लाख १५ हजार रुपैयाँभन्दा बढी रकमसहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

गौर नगरपालिका–१ का ५६ वर्षीय वीरेन्द्र कुमार जैसवाललाई ११ लाख १५ हजार ७ सय रुपैयाँसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय गौरका प्रवक्ता एवम डीएसपि एलिजा गिरीले जानकारी दिइन् । उनका अनुसार जैसवाल गौरबजार नजिक साइकलमा आउँदै गरेका थिए । बरामद रकममध्ये १ हजारको नोट ११ सय थान, ५ सयको नोट ३० थान र १ सयको नोट ७ थान रहेको छ ।

पक्राउ परेका जैसवाललाई कारबाहीको लागि जिल्ला भन्सार कार्यालय गौरको जिम्मा लगाइएको डीएसपी गिरीले जानकारी दिइन् ।

Comment


Related News

Latest News

Trending News