अपडेट 
२०८१ बैशाख २, आईतवार ०६:५६

जनकपुरधाममा अन्तर्राष्ट्रिस्तरको गुणस्तरीय शिक्षा सहितको एक निजी विद्यालय औपचारिकरुपमा संचालनमा आएको छ ।

मधेश प्रदेशमै शिक्षामा नयाँ आयाम सहितको जनकपुरधामको मिल्स एरियामा अत्याधुनिक सुविधा सम्पन्न विजडम ट्री इन्टरनेशनल नामक स्कूल शनिबारदेखि संचालनमा आएको छ ।

पिजीदेखि कक्षा ५ सम्म संचालनमा आएको सो स्कूलमा विज्ञान, संगीत, रोबोटिक, गणित, कम्प्यूटर, डिजिटल पुस्तकालय, भाषिकलगायतका विभिन्न ल्याब र अन्तरराष्ट्रिय मापदण्डको स्मार्ट बोर्डसहितको स्मार्ट कक्षा कोठा, योग शिक्षा, मिथिला चित्रकलाको प्रशिक्षण लगायतका अत्याधुनिक सुविधासम्पन्न रहेको जनाइएको छ ।

स्कूलका संस्थापक एवं मैनेजिंग डाइरेक्टर गौतम अग्रवालले जनकपुरधाम क्षेत्रमा धेरै निजी विद्यालय रहे पनि विद्यालयहरु शिक्षामा व्यापारीकरण गरिरहेकाले यस क्षेत्रमा अन्तर्राष्ट्रियस्तरको शिक्षालयको अभावलाई देखेर विजडम ट्री इन्टरनेशनल स्कूल संचालनमा ल्याइएको बताए । सो विद्यालयका प्रधानाध्यापक टिजो जोनसनले विद्यार्थीलाई परम्परागत किताबी ज्ञान बाहेक हामीले जीवनपयोगीसहितको शिक्षा विद्यालयमा प्रारम्भ गरेको बताए ।

विद्यालयका शिक्षक लभ झाले शनिबारदेखि पूजापाठ गरी छात्रछात्राहरुको औपचारि करुपमा नामांकन उत्साहजनक थालिएको बताए ।

Comment


Related News