अपडेट 
२०८१ बैशाख २, आईतवार ०७:०९

नयाँ वर्ष हर्षोल्लासका साथ मनाइरहँदा जनकपुरधामसहित मिथिलाञ्चल क्षेत्रमा शनिबार सतुवाइन पर्व मनाइएको छ ।

कुलदेवतालाई सतुवा चढाएर सतुवाइन मनाइने गरिन्छ । देवतालाई प्रसादको रुपमा सातु चढाउने र त्यसपछि परिवारका सम्पूर्ण सदस्यले सातु खाने परम्परा रहेको छ । चना, गहुँ, मकै र जौ मिसाएर तयार पारेको सातु खाने तथा दान गर्ने चलन छ । देवतालाई चढाउने सातु जौँको हुने गर्दछ ।

त्यस्तै सतुवाइन पर्वपछि मिथिलाञ्चल क्षेत्रमा जुडशीतल पर्व मनाइँने गरिन्छ । जुडशीतल पर्वमा घरका ज्येष्ठ सदस्यले आफूभन्दा सानालाई शिरमा जल सिञ्चित गर्दै आरोग्यता, शीतलता र दीर्घ जीवनको आशीर्वाद दिने गर्दछन् । नयाँ वर्षले जीवनमा शीतलता प्रदान गर्न सकोस् भन्ने पर्वको मुख्य सन्देश रहेको संस्कृतिविद्हरु बताउँछन् ।

यो पर्वमा चना बदामको सातु, दाल, सजिवनको तरकारी, बदामको पीठोबाट बनाइएको बरी र दही मथेर करी पकाइ खाने परम्परा छ । जुडशीतल पर्वमा खेतबारीका रुख बिरुवामा पानी सिञ्चित गरेर कहिल्यै चिस्यानको कमी नहोस् भन्ने कामना गरिन्छ । यस क्षेत्रमा यो पर्व सबै समुदायले मनाउने गर्दछन् ।

Comment


Related News

Latest News

Trending News