अपडेट 
२०८१ बैशाख २, आईतवार १४:२३

धनुषाको सहिदनगर नगरपालिका–४, ननपट्टीस्थित गहुँ खेतमा महिलाको शव फेला परेको छ ।

प्रहरीका अनुसार आइतबार बिहान धनुषाको हंसपुर नगरपालिका–७, की ५५ वर्षीया शुभदेवी मण्डलको शव भेटिएको हो ।

जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता रन्जन अवाले मृतक महिलाको शरीरको विभिन्न भागमा घाउचोट देखिएकाले कसैले हत्या गरेर खेतमा फालेको हुन सक्ने प्रारम्भिक अनुमान गरिएको बताउनुभयो । घटनास्थलमा डग टोलीले अनुसन्धान गरिएको उहाँले जानकारी दिनुभयो ।

ननपट्टी माइत आउनुभएकी मृतक महिला शनिबार साँझदेखि हराइरहनुभएको थियो । खोजतालसको क्रममा हत्या गरेको अवस्थामा उहाँको शव फेला परेको हो ।

Comment


Related News

Latest News

Trending News