अपडेट 
२०८१ बैशाख २, आईतवार १४:२७

प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्य उपनिर्वाचनका लागि करिब दुई लाख मतपत्र छापिने भएको छ । इलाम–२ र बझाङ–१ (१) मा यही वैशाख १५ गते उपनिर्वाचन हुँदै छ ।

निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले दुवै क्षेत्रको उपनिर्वाचनका लागि डिजाइन स्वीकृत भइसकेको र आगामी साता मतपत्र छपाइ सुरु हुने जानकारी दिनुभयो । उहाँका अनुसार इलाम–२ का लागि एक लाख २८ हजार र बझाङ १ (१) का लागि ६८ हजार मतपत्र छापिने छ ।

मतपत्र छपाइ भक्तपुरको सानोठिमीमा रहेको जनक शिक्षा सामग्री केन्द्र लिमिटेडको सुरक्षण मुद्रणालय (सेक्युरिटी प्रेस) मा हुने छ । इलाम–२ मा एक लाख १५ हजार ८८९ मतदाता छन् । बझाङ १ (१) मा ६१ हजार ७४८ मतदाता छन् । दुवै क्षेत्रमा कुल मतदाताको १० प्रतिशत बढी मतपत्र छापिने छ । आयोगका प्रवक्ता पौडेलले इलाम प्रतिनिधि सभा सदस्य र बझाङ प्रदेश सभा सदस्य निर्वाचन क्षेत्रका लागि एकै प्रकारको मतपत्र हुने बताउनुभयो । दु

वै क्षेत्रको उपनिर्वाचनमा प्रयोग हुने मतपत्र सेतो पृष्ठभूमिमा रातो चिह्न र विवरण अङ्कित हुने छ । इलाम–२ मा १९ जना उम्मेदवार छन् । बझाङ १ (१) मा ११ जना उम्मेदवार छन् । इलाम–२ मा १२ जना राजनीतिक दलका र सात जना स्वतन्त्र उम्मेदवार छन् । बझाङ १ (१) मा उम्मेदवारी कायम रहेका ११ जना नै दलीय उम्मेदवार छन् ।

इलाम–२ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य सुवासचन्द्र नेम्वाङ र बझाङ १ (१) बाट निर्वाचित प्रदेश सभा सदस्य पृथ्वीबहादुर सिंहको निधन भएपछि दुवै क्षेत्रमा उपनिर्वाचन हुन लागेको हो ।

Comment


Related News

Latest News

Trending News