अपडेट 
२०८१ बैशाख ४, मंगलवार ०७:१९

जानकी मन्दिर परिसरमा विवादित कार्य गर्न नदिएपछि सोको विरोधमा आइतबार दिनभर सडक अवरुद्ध गरी केही उच्छृंखल व्यक्तिहरुले आन्दोलन गरेको भन्दै कारबाहीको माग गरिएको छ ।

सोमबार जानकी मन्दिरमा बसेको सर्वपक्षीय बैठकमा धर्म र संस्कृतिको आडमा गलत कार्य गर्न खोज्ने लाई तत्काल छानबिन गरी कारबाहीको दायरामा ल्याउन माग गरिएको छ । सो सर्वपक्षीय बैठकमा आइतबार जानकी मन्दिरको पूर्वपट्टीतर्फ सडक अवरुद्ध गर्दै गरेको विरोध प्रदर्शनको घटनामा संग्लन भएका व्यक्तिलाई कानुन बमोजिम कारबाहीको माग गर्ने निर्णय गरेको जानकी मन्दिरले जनाएको छ ।

सर्वपक्षीय बैठकमा धनुषाका प्रमुख जिल्ला अधिकारी, प्रहरी उपरीक्षक, विभिन्न धार्मिक संघसंस्थाका प्रतिनिधि, नागरिक समाज, स्थानीय अगुवालगायतकाहरुको सहभागिता रहेको थियो । माटोको रामको मूर्ति जानकी मन्दिर परिसरमा बनाउन पाउनुपर्ने भन्दै आइतबार जानकी सेना नामक समूहले दिनभर उत्तराधिकारी महन्तको विरुद्धमा प्रदर्शन गरेका थिए भने जानकी मन्दिरका महन्त रामतपेश्वर दासले जानकी मन्दिरमा साक्षातरुपमै सीता र राम रहेकाले कुनै पनि किसिमको माटोको मूर्ति नबनाउन भन्दै अन्यत्रै बनाउनका लागि समेत उनीहरुलाई सुझाएका थिए ।

Comment


Related News

Latest News

Trending News