अपडेट 
२०८१ बैशाख ४, मंगलवार १०:४६

बाराको सिमरामा तेल ट्याङ्करले मोटरसाइकललाई  ठक्कर दिँदा एक प्रहरी जवानको मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्ला प्रहरी कार्यालय पर्सामा कार्यरत प्रहरी जवान २९ वर्षीय दिनेश परियार हुनुहुन्छ ।

उहाँको उपचारको क्रममा परवानीपुरस्थित एल.एस. न्युरो हस्पिटलमा राति १ बजेर २२ मिनेटमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

गएराती  परियार चढेको ग १४ प ५९७२ नम्बरको मोटरसाइकललाई सोही दिशातर्फ जाँदै गरेको ना ७ ख ३०२६ नम्बरको ट्याङ्करले जितपुर सिमरा उपमहानगरपालिका वडा नं.२ स्थित नेपाल टेलिकम  नजिक राजमार्गमा  पछाडिबाट ठक्कर दिएको थियो ।

प्रहरीले ट्याङ्कर र चालकलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

Comment


Related News