
मधेस प्रदेश सरकारमा लोसपाबाट मन्त्री बनेका रमेशप्रसाद कुर्मीले राजीनामा दिएका छन् ।
मंगलबार बसेको लोसपाको संसदीय दलको बैठकले सरकारबाट बाहिरिने र मुख्यमन्त्री सरोजकुमार यादवलाई विश्वासको मतसमेत नदिने निर्णय गरेको हो ।
लोसपाबाट सरकारमा रहेका वनमन्त्री कुर्मीले मुख्यमन्त्री सरोजकुमार यादवलाई राजिनामा बुझाएका थिए । उनको राजिनामा समेत स्वीकृत भइसकेको छ ।
लोसपाका ९ सांसद छन् । लोसपा सरकार छाडेपनि मधेशमा सत्ता गठबन्धनको बहुमत रहेकाले मुख्यमन्त्री सुरक्षित रहने देखिएको छ ।
मुख्यमन्त्री यादवले आज विश्वासको मत लिन प्रदेशसभा बैठकमा डाँकेको थिए । तर बैठक जनमत पार्टी र नेपाली कांग्रेसले अवरुद्ध गरेका छन् ।