अपडेट 
२०८१ बैशाख ५, बुधबार ०७:४२

शिक्षक सेवा आयोगको पर ीक्षा पास भई शिक्षा विकास तथा समन्वय इकाई पर्साबाट स्थायी नियुक्तिपत्र लिइ पदस्थापनका लागि वीरगञ्ज महानगर पालिका पुगेका शिक्षकलाई महानगर पालिकाले पदस्थापना नगर्दा अलपत्र परे का छन् ।

शिक्षा विकास तथा समन्वय इकाई पर्सा र वीरगञ्ज महानगरपालिकाबिच तालमे ल नमिल्दा चैत २९ गते हातमा स्थायी नियुक्तिपत्र हात परेपछि महानगरपालिकाले पदस्थापना नगरेकाले विद्यालयमा हाजिर हुन सकेका छैनन् । हुम्लाको खार्पुनाथ गाउँपालिका –५ खर्पुर गाउँका मिना शाहीका अनुसार चै त २३ गतेदेखि आफू वीरगञ्जमा रहेकाले विद्यालयमा हाजिर हुन नसकेको बताए ।

त्यसैगरी बझाङको बित्थरचिर नगरपालिका –७ सुनकुडाकी रेणुका जोशीको अवस्था पनि शाहीको जस्तै छ । उनी २५ गते वीर गञ्ज आएको बताए । ‘स्थायी नियुक्तिपत्र हात परेपछि हाजिर हुन पाइएको छैन’ उनले भने । महानगरपालिकाले अस्थायी तथा करारका शिक्षक कर्मचारी बचाउन खोज्दा समस्या आएको आरोप जाजरकोटको भेरी नगरपालिका –२ तिमिलेका खिमबहादुर खड्काले लगाए ।

चैत ३० गते पदस्थापन गराइ हाजिरी गराएको भए २०८२ बाट ग्रेड खान पाइन्थ्यो, ग्रेड लिन सँगै पास भएका साथीभन्दा पछाडि परिने भयो भनी बैतडीको उचौडी नगरपालिका –६ भूमिराजका प्रकाशसिंह साउतले गुनासो गरे । चैत २३ गतेदेखि नै वीरगञ्ज आएको र होटलमा बसिरहेको बताउँदै उदयपुरको निमचुङबुङगा गाउँपालिका –४ बलमत्ताका कोइसन राईले भने, “पदस्थापना भए विद्यालयमा हाजिर भइन्थ्यो, कोठा खो जेर बस्न पाइन्थ्यो । पदस्थापना नहुँदा हामी अलपत्र परेका छौं ।” वीरगञ्ज महानगरपालिका शिक्षा महाशाखाका अधिकृत हरि राउतले भने, ‘मे यर (नगरप्रमुख) बाहिर छन्, आएपछि केही निष्कर्ष निस्किन्छ ।’ हामीकहाँ खाली सिट १३ मात्र छ ।

शिक्षा विकास तथा समन्वय इकाई पर्साले हचुवाको भरमा ४६ जना पठायो । कारण मागगरी पत्र लेखेका थियौं, जवाफ आएको छ । आएको जवाफका विषयमा महानगरपालिकामा छलफल भएको छैन । त्यसपछि मात्र टुङ्गो लाग्छ’ उनले भने । शिक्षा विकास तथा समन्वय इकाई पर्साका निमित्त इकाई प्रमुख श्यामकिशोर प्रसादले महानगरपालिकाले यसअघि पठाएको अस्थायी करार तथा रिक्त सिटमा व्यवस्थापन गर्नेगरी पठाएको बताए ।

महानगरपालिकाले २०८० असोज तथा चैत महिनामा पठाएको अस्थायी करार तथा रिक्त सिट ९९ रहेको देखियो । त्यसमा ४६ जना पठाएका हौं, त्यहीअनुसार महानगरले माग गरेको जवाफ पनि दिएको उनले बताए । उनका अनुसार पर्साको वीर गञ्ज महानगरपालिकामा ४६ जना विन्दवासिनीमा १६ जना, जगरनाथपुर र पर्टेर्वा सुगौलीमा १५/१५ जना, ठोरी र छिपहरमाईमा १२/१२ जना, पकाहामैन पसर र जिराभवानीमा ९/९ जना, कालिका माई र पोखरिया नगरपालिकामा ८८ जना, त्यस्तैगरी बहुदरमाई, पर्सागढी र धोबिनीमा ६/६ पठाइएको छ । केही स्थानीय तहमा पदस्थापनमा यस्तो समस्या देखिएकाले त्यो चाँडै समाधान गरिने उनले बताए ।

Comment


Related News

Latest News

Trending News