अपडेट 
२०८१ बैशाख ५, बुधबार १८:००

मोरङको विराटनगरस्थित रानीमा तनाव भएको छ ।

एक समूहले निकालेको मोटरसाइकल र्‍यालीलाई अर्को समूहले अवरोधको प्रयास गरेपछि दुवै पक्षबीच झडप भएको प्रहरीले जनाएको छ ।

झडपका क्रममा दुवै पक्षबीच ढुंगा हानाहान समेत भएको थियो ।

सो क्षेत्रमा अवस्था नियन्त्रणमा लिन व्यापक प्रहरी परिचालन गरिएको र नियन्त्रणका लागि प्रहरीले केही सेल अश्रुग्याससमेत प्रहार गरेको छ ।

अहिले अवस्था सामान्य हुँदै गएको प्रहरीले जनाएको छ  ।

Comment


Related News

Latest News

Trending News