अपडेट 
२०८१ बैशाख ६, बिहीबार ०७:३०

मधेश प्रदेशका मुख्यमन्त्री सरोज कुमार यादवले विश्वासको मत लिने क्रममा प्रदेश सभामा सभासदलाई होच्याउन सभामुख रामचन्द्र मण्डलले ‘अमर्यादित शब्द’ प्रयोग गरेपछि विपक्षी दलका नेताहरु आक्रोशित बनेका छन् ।

सभामुख मण्डलले जनमत पार्टी संसदीय दलका नेता समेत रहेका पूर्व मन्त्री महेश प्रसाद यादवलाई होच्याएर ‘उलाई निकाल’ भन्दै मर्यादापालकलाई आदेश दिएको आरोप लगाउँदै विपक्षी दलका नेताहरुले त्यसलाई आपत्तिजनक भनेका छन् ।

प्रदेश सभामा सभासदलाई आदरसहित सम्बोधन गर्नुपर्ने मर्यादालाई सभामुखले नै भंग गरेको विपक्षी दलका नेताहरुको आरोप छ । ‘विपक्षी दललाई प्रदेश सभामा अपमान गर्ने अधिकार कसैलाई छैन्’ नेपाली कांग्रेस संसदीय दलका नेता कृष्णा यादवले भने, सभामुखले कार्वाही गर्न सक्ने अधिकार भएपनि अमर्यादित शब्द प्रयोग गर्ने अधिकार छैन् ।

मुख्यमन्त्री यादवले विश्वासको मत लिन मंगलवार प्रदेश सभाको बैठक आव्हान गरिएको थियो ।बैठक १ बजेका लागि डाकिएपनि २ बजे सुरु भएको थियो । तर बैठक सुरु हुनासाथ विपक्षी दलहरुले बिरोध जनाउदै बैठक अबरुद्ध गरेका थिए । त्यसको झण्डै ६ बजेपछि सुरु भएको दोस्रो बैठकमापनि अबरोध भएपछि सभामुख मण्डलले जनमतका नेता यादवलाई निकाल्न अमर्यादित शब्द प्रयोग गरेका थिए ।

प्रदेश सभाको बैठकमा भएको तोडफोड, अबरुद्ध लगायतका विषयमा छलफल गर्न सभामुख मण्डलले विहिबार बिहान ११ बजे संसदीय दलका नेताहरुको बैठक बोलाएका छन् ।प्रदेश सभामा रहेका सबै दलका नेताहरुलाई बैठकमा डाकिएको छ । सभामुख मण्डलले बैठकमा प्रयोग गरेको आपत्तीजनक शब्दको विषय पनि उठने कांग्रेसका एकजना नेताले बताएका छन् ।

स्रोतहरुका अनुसार सभामुख मण्डलले प्रदेश सभाको बैठकको क्रममा भएको तोडफोडको विषयमा छलफल गर्ने एजेण्डा तय गरेका छन् ।जनमतका संसदीय दलका नेता महेश यादव लगायतमाथि कारवाही गर्ने विषयपनि उनले उठाउने स्रोतले जनाएका छन् । तर प्रदेश सभामा भएको घटनालाई सभामुखको ‘अशिष्ट शब्द’ले नै ओझेलमा पारेको सभासदहरुले जनाएका छन् ।सत्तासिन दलका सभासदहरुलेपनि सभामुखको शब्द आपत्तीजनक रहेको स्वीकारेका छन् ।

प्रदेश सभामा प्रमुख प्रतिपक्षी कांग्रेस, जनमत पार्टी र लोकतान्त्रिक समाजवादी पार्टी(लोसपा) सरकार बिरुद्ध एकजुट भएका छन् ।विपक्षी दलहरुले सरकारलाई प्रदेश सभामा घेर्ने संकेत गरिसकेका छन् । ‘सत्तापक्षले विपक्षी दलहरुलाई प्रदेश सभाको बैठकमा समेत सम्मान गरेन्’ कांग्रेस संसदीय दलका नेता यादवले भने, सरकारले प्रतिपक्षलाई सम्मानजनक व्यवहारगरि विश्वासमा नलिए सम्म सहज ढंगले प्रकृया अगाडी बढन सक्दैन् ।

प्रदेश सभामा सत्तापक्षले मार्शल लगाएर अगाडी बढन खोजेकाले प्रतिपक्षी दलहरु आफ् नो भूमिका निर्वाह गर्न पछि नपर्ने लोसपा संसदीय दलका उपनेता उपेन्द्र महतोले बताए ।तीन पटक लगातार मुख्यमन्त्रीलाई विश्वासको मत दिएको लोसपा मंगलवार मात्र सरकारबाट बाहिरिएर विपक्षी बेञ्चमा गएको हो । ‘सभामुखको भूमिका सत्तापक्षको कठपुतली जस्तो रह्यो’ उनले भने, प्रदेश सभामा सरकारलाई सभामुखले सघाउन लोकतन्त्रको घाँटी निमोठ्ने काम गरे ।

सरकारले अब प्रदेश सभाको बैठकलाई नियमित गर्ने तयारी गरेको छ । बैठकका लागि सरकारसित प्रयाप्त बिजनेस रहेको मुख्यमन्त्री सरोज कुमार यादवले जनाए । सरकारले नीति तथा कार्यक्रम, प्रि बजेट, बजेट लगायत कयौं बिलहरु प्रदेश सभामा प्रस्तुत गर्नुपर्ने बाध्यात्मक अवस्था छ ।

प्रदेश सभामा सरकारले प्रस्तुत गर्ने कार्यक्रमहरु पास गर्न प्रयाप्त बहुमत रहेपनि विपक्षी दलहरुलाई समेत विश्वासमा लिनै पर्छ । सदैव मर्यादापालक लगाएर प्रदेश सभाको बैठक सञ्चालन गर्न नसकिने सभासदहरु बताउँछन् ।सत्तासिन जनता समाजवादी पार्टी(जसपा)का प्रमुख सचेत रामअशिष यादवले संसदलाई मर्यादित बनाउन विपक्षी दलहरुको महत्वपूर्ण भूमिका रहने बताए ।‘ सरकार र विपक्षबीच प्रदेश सभामा सहकार्य हुनुपर्छ’ उनले भने, सत्तापक्षले विपक्षीहरुलाई उच्च सम्मानका साथ अगाडी बढनेछ ।

Comment


Related News