अपडेट 
२०८१ बैशाख ६, बिहीबार ०७:३७

जानकी आँखा अस्पताल जनकपुरधाममा व्यापक अनियमितता भएको पाइएको छ ।

आँखा अस्पतालमा रेडक्रस सोसाइटीका धनुषा जिल्ला अध्यक्ष पदेन अध्यक्ष रहने प्रावधान रहे पनि उनी अध्यक्ष सरहनै कार्य गर्दै आफूलाई जोगाउँन रेडक्रस सोसाइटी लाई करिव तीन करोड रुपैयाँ बुझाएको आरोप लगाइएको छ ।

रेडक्रसले विगतमा आँखा अस्पताललाई अनुदान दिँदै आएको भए पनि रेडक्रस धनुषाका अध्यक्ष तथा आँखा अस्पतालका पदेन सदस्य नरेश सिंहले आर्थिक अनियमितता गरेको बुधबार बसेको एक बैठकमा आरोप लगाइएको छ ।

रामानन्द युवा क्लवका अध्यक्ष आशुतोष झाको अध्यक्षतामा बसेको बैठकमा निवर्तमान अध्यक्ष गंगाराम यादव अध्यक्ष हुँदा आँखा अस्पतालको खातामा तीन करोड रुपैयाँ थियो तर, अहिले त्यो रकम खातामा नरहेको जानकारी गराइएको थियो । निवर्तमान अध्यक्ष यादवको कार्यकाल सक्नु भन्दा पहिला कर्मचारीहरु समयमा तलव पाउने गरेका थिए तर, आफूलाई अध्यक्ष सरह बुझ्न थालेका सिंहले कर्मचारीहरुको तलव, सेवा सुविधामा कटौती गरेको तथा कर्मचारीहरुलाई आफू खुशी खटाउने गरेका कारण अस्पतालको सेवामा समेत प्रभाव पर्ने गरेको रामानन्द युवा क्लवका अध्यक्ष झाको आरोप छ ।

बैठकमा नेकपा एसका नेता तथा पूर्व मन्त्री रामचन्द्र झा, पूर्व स्वास्थ्य राज्य मन्त्री डा. सुरेन्द्र यादव, मधेश प्रदेश सभाका पूर्व सदस्य परमेश्वर साह, अस्पतालका कोषाध्यक्ष धीरेन्द्र मोहन झा लगायतका उपस्थिति रहेको थियो । बैठकले अस्पतालमा सहज अवस्था सृजना गर्ने जिम्मा रामानन्द युवा क्लव लाई दिएको जनाइएको छ ।

Comment


Related News