अपडेट 
२०८१ बैशाख ६, बिहीबार १०:१३

धनुषामा एक सय ५२ बोरा प्याज र ३२ थान मोबाइल बरामद भएको छ ।

सशस्त्र प्रहरी बल नेपाल नम्बर–८ गण धनुषाले प्याजसहितको ना ८ ख ६३०० नम्बरको ट्रक नियन्त्रणमा लिएको हो । शंकास्पद कागजपत्रको आधारमा शहीदनगर नगरपालिका–२ तीनकोरिया बीरेन्द्रबजारबाट प्याजसहितको ट्रक समातेको र आवश्यक कारबाहीका लागि जनकपुर भन्सार कार्यालयमा बुझाएको सशस्त्र प्रहरीले जनाएको छ । बरामद प्याज तीन लाख २७ हजार रुपैयाँ बराबरको रहेको छ ।

त्यस्तै सशस्त्र प्रहरी बल नेपाल नम्बर–८ गण मातहतको बीओपी फुलगामाले हिजो दिउँसो मुसहरनिया गाउँपालिका–६ मरघटियाबाट भारतबाट भन्सार छलेर नेपालतर्फ ल्याउँदै गरेको ३२ थान मोबाइल बरामद गरेको छ । मोटरसाइकलमा ल्याउँदै गरेको मोबाइलको मूल्य ५ लाख ३५ हजार बराबर छ । आवश्यक कारबाहीको लागि जनकपुर भन्सार कार्यालयमा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ ।

Comment


Related News