अपडेट 
२०८१ बैशाख ७, शुक्रबार ०७:२४

मधेश प्रदेश सभामा बिहीबार भएको सर्वदलीय बैठकमा बैठक नियमित सञ्चालन गर्न नेताहरु सहमत भएका छन् ।

मुख्यमन्त्री सरोज कुमार यादवलाई विश्वासको मत लिन डाकिएको प्रदेश सभाको बैठकमा तोडफोड भएपछि बिहीबार सभामुख रामचन्द्र मण्डलले सर्वदलीय बैठक बोलाएका थिए । बैठकमा जनता समाजवादी पार्टी(जसपा) संसदीय दलका नेता समेत रहेका मुख्यमन्त्री सरोज कुमार यादवले विश्वासको मत लिन नदिन जनमत पार्टीले गरेको अलोकतान्त्रिक व्यवहार निन्दनीय रहेको बताएको सहभागि एकजना नेताले बताए ।

बैठकमा मुख्यमन्त्री यादवले प्रतिपक्षको मागलाई सम्बोधन गरिएको प्रतिबद्धता जनाउँदा पनि अबरोध र तोडफोड गरिनु लोकतान्त्रिक मर्यादा विपरीत रहेको दुखेसो पोखे । छलफलमा सहभागि नेताहरुले प्रदेश सभाको बैठक नियमित सञ्चालन गर्न सहमती जनाए । प्रदेश सभाको बैठक सञ्चालन सम्बन्धमा आईतवार फेरि नेताहरुको बैठक बस्ने बताउँदै नेपाली कांग्रेस संसदीय दलका नेता कृष्णा यादवले दलहरुबीच सौहाद्रपूर्ण वातावरण बनेको बताए ।

बैठकमा समान्य छलफल भएको र आइतवार फेरि बैठक बस्ने सहमति भएको जनमत पार्टी संसदीय दलका नेता महेश प्रसाद यादवले बताए । ‘प्रदेश सभाको बैठक नियमित रुपमा सञ्चालन गर्न दलहरु सहमत छन्’ उनले भने–‘अर्को बैठकपछि प्रदेश सभाको सञ्चालन हुने मितिको निर्णय हुनेछ ।’ जनमत पार्टीले माग गरेको संसदीय छानविन समितिबारे सरकार सहमत रहेको र प्रदेश सभा मामिला समितिबाट छानविन गराइने प्रतिबद्धता मुख्यमन्त्रीले जनाउँदा पनि बैठकमा तोडफोड भएको सत्तापक्षको आरोप छ ।

Comment


Related News

Latest News

Trending News