अपडेट 
२०८१ बैशाख ७, शुक्रबार ०७:३६

मधेश सरकारले मन्त्रिपरिषद् विस्तार गर्दै तीन मन्त्रीसहित एक राज्यमन्त्री नियुक्त गरेको छ ।

मधेश प्रदेश सरकारबाट नेकपा माओवादी केन्द्रले दुई मन्त्रीलाई फिर्ता बोलाएलगत्तै मन्त्रिपरिषद् पुनर्गठन गरेको छ । जनकपुरधामा बिहीबार माओवादी केन्द्र मधेश प्रदेशका संसदीय दलका नेता भरतप्रसाद साह, माओवादीकै ससंदीय दलका उपनेता युवराज भट्टराई र नेकपा एकीकृत समाजवादीबाट बेची लुंगेलीले मन्त्री पदको शपथग्रहण गरेका छन् ।

उनीहरुलाई प्रदेश प्रमुख सुमित्रादेवी भण्डारीले पद तथा गोपनीयताको शपथ गराएकी छन् । माओवादी नेता साह र एकीकृत समाजवादीकी नेतृ लुंगेलीलाई विनाविभागीय मन्त्रीमा नियुक्ति गरिएको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ भने उद्योग, वाणिज्य तथा पर्यटन मन्त्री सुनिता यादवलाई फिर्ता बोलाएर सो मन्त्रालयको जिम्मेवारी युवराज भट्टराईलाई दिइएको छ ।

यता श्रम तथा यातायात मन्त्रालय र वन तथा वातावरण मन्त्रालय गरी दुईवटा मन्त्रालय मुख्यमन्त्री सरोजकुमार यादवले आफैसंग राखेका छन् । नेकपा एमालेबाट शारदा थापालाई गृह, कानुन तथा सञ्चार राज्यमन्त्रीको शपथ लिएकी छन् । उनलाई मुख्यमन्त्री यादवले सपथ ग्रहण गराएका छन् । मुख्यमन्त्री यादवले १५ महिनामा ११ औँ पटक मन्त्रिपरिषद् पुनर्गठन गरेका छन् ।

Comment


Related News

Latest News

Trending News