अपडेट 
२०८१ बैशाख ८, शनिबार ०८:०३

आनन्द साहको परिवारलाई मधेश प्रदेश सरकारले सहयोग गरेको छ ।

इजरायलको मध्य र दक्षिण क्षेत्रमा हमासले गरेको आक्रमणमा परि गत असोजमा मृत्यु भएकामध्ये धनुषाका आनन्द साहको परिवारलाई मधेश सरकारले पाँच लाख रुपैयाँ सहयोग गरेको छ । मधेश सरकारबाट घोषणा भए अनुरुप मुख्यमन्त्री सरोज कुमार यादवले शुक्रबार मृतक आनन्दका बुवा सोमन साहलाई पाँच लाख रुपैयाँको चेक हस्तान्तरण गर्दै सहयोग गरेका छन् ।

गत असोज २० गते इजरायलको मध्य र दक्षिण क्षेत्रमा हमासले गरेको आक्रमणमा परि धनुषाको लक्ष्मिनिया गाउँपालिका– ४ बस्ने आनन्द साह सहित अध्ययन भ्रमणमा रहेका १० जना विद्यार्थीको निधन भएको थियो ।

Comment


Related News

Latest News

Trending News