अपडेट 
२०८१ बैशाख ८, शनिबार ०८:५५

समिट इनर्जी सोलुसन प्रालिका चेयरमैन भोजबहादुर शाहले स्थानीय व्यवसायीहरुलाई हाइड्रो पावर क्षेत्रमा लगानी लगाउनका लागि आग्रह गरेका छन् ।

जनकपुरधाममा शुक्रबार एक कार्यक्रममा बोल्दै मेघा बैंकका पूर्वसंचालकसमेत रहेका चेयरमैन शाहले हाइड्रो क्षेत्रमा राज्यले समेत विशेष सुविधा दिएको हुनाले यसतर्फ व्यवसायी, उद्योगीलाई लगानी लगाउने सही ठाउँ रहेकाले पहिचान गर्नसमेत सुझाए । उनले समिट इनर्जी सोलुसन प्रालिको माध्यमबाट ४४ मेगावाट बिजुली उत्पादन गर्ने योजना रहेकाले अहिले नै न्युन्तम ५ लाख रुपैयाँदेखि ५ करोड रुपैयाँसम्म लगानी गर्न सकिने हुनाले लगानी लगाएर लाभ उठाउन आग्रह गरे । उनले आफुले विगतमा साहस हाइड्रोपावर परियोजना र साहस उर्जा परियोजनाको माध्यमबाट सफलतापूर्वक बिजुली उत्पादन गरिसकेको हुनाले अहिले नयाँ परियोजनाको कामसमेत थालिसकेको हुनाले यसमा हरेक व्यवसायी र उद्योगीहरुले मुलुक र आफ्नो हितको लागिसमेत लगानी लगाउनु पर्ने बताए ।

सो समिट इनर्जीको कुल लगानी ७ सय ९१ करोड रुपैयाँ रहेको छ । ५१ प्रतिशत कार्य सम्पन्न भएपछि आमनागरिकका लागि आइपिओ खोलिने उनले बताए ।

Comment


Related News

Latest News

Trending News