अपडेट 
२०८१ बैशाख ८, शनिबार १३:५०

प्रहरीले शुक्रबार वीरगन्जको आदर्शनगर स्थित एक मलबाट स्रोत नखुलेको ठूलो रकम सहित दुईजनालाई पक्राउ गरेको छ ।

वीरगन्ज महानगरपालिका–६ स्थित रुंगटा मार्केट भित्रबाट शुक्रबार स्रोत नखुलेको २२ लाख ५ हजार रुपैयाँ सहित दुईजनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

प्रहरी नाउव उपरिक्षक कुमार विक्रम थापाका अनुसार वडा प्रहरी कार्यालय विर्ताको टोलीले स्रोत नखुलेको २२ लाख ५ हजार रुपैयाँसहित दुई जनालाई नियन्त्रणमा लिएको बताए ।

विशेष सूचनाको आधारमा प्रहरी निरीक्षक पुष्कर बोगटी नेतृत्वको टोलीले मल भित्र रहेको आईएमईमा छापामारी पैसा सहित दुईजनालाई नियन्त्रणमा लिएको हो । पक्राउ परेकाको पहिचान प्रहरीले खुलाएको छैन ।

दुबैलाई नियन्त्रणमा लिई थप सोधपुछ भइरहेकाले हाललाई पहिचान गोप्य राखिएको थापाले बताए ।

Comment


Related News

Latest News

Trending News