अपडेट 
२०८१ बैशाख ८, शनिबार १४:०२

गत हप्तादेखिको भारी वर्षाले पाकिस्तानका केही भागहरूमा विनाश जारी राख्दा कम्तीमा ८७ जनाको मृत्यु भएको छ। साथै अन्य ८० जना घाइते भएको राष्ट्रिय प्रकोप व्यवस्थापन प्राधिकरणले जनाएको छ।

वर्षाले देशभर २ हजार ७१५ घरमा आंशिक वा पूर्ण क्षति पुगेको एनडीएमएले जनाएको छ। संरचना भत्किएको, चट्याङ परेर र बाढीका घटनामा अधिकांशको ज्यान गएको छ। अधिकांश क्षति र निधन देशको उत्तरपश्चिमी खैबर पख्तुनख्वा प्रान्तमा भएको छ।

जहाँ ३६ जनाको ज्यान गएको छ र ५३ जना घाइते भएका छन्। यस अवधिमा पाकिस्तान नियन्त्रित कश्मीरमा भारी वर्षाका कारण १५ जनाको मृत्यु भएको छ भने दक्षिणपश्चिमी बलुचिस्तान प्रान्तमा ११ जनाको मृत्यु भएको छ। अन्य ११ जना घाइते भएका छन्।

Comment


Related News

Latest News

Trending News